गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते
रसुवा | भदौ ५, २०८१

रसुवा: गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तोवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् ।
उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।
गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए । जनैपुर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमि आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पु¥याएका थिए । उद्वारका लागि ठाउँ–ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
यसवर्ष स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहयोगबाट धुञ्चेमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत दुई हजार २० जनालाई स्वास्थ्य परीक्षण गरी लेक नलाग्ने औषधि खुवाइएको थियो ।
तीर्थयात्रुलाई रेडक्रसको सहयोगमा जिल्ला आर्युवेदिक सेवा केन्द्रले दुई सय ४०, नेपाली सेनाको श्रीनाथ गणले चोलाङ पाटीबाट दुई हजार १७, गोसाइँकुण्ड गाउँपालिका र स्वास्थ्य कार्यालयले लौरीविनायकमा शिविर सञ्चालन गरी नौ सय ५० जनालाई प्राथमिक उपचार एवं परामर्श दिएको जिल्ला स्वास्थ्य प्रमुख भीमसागर गुरागाईंले जानकारी दिनुभयो ।
जनैपुर्णिमामा हेलिकप्टरबाट गोसाइँकुण्ड जान खोजेका तीर्थयात्री भने प्रतिकुल मौसमका कारण जान सकेनन् । खराब मौसमले उडान गर्न नसकिएको अल्टिच्युड एयरका निर्देशक एवं वरिष्ठ क्याप्टेन विवेक खड्काले जानकारी दिनुभयो ।
नागपञ्चमीदेखि जनैपूर्णिमासम्म एघार हजार तीर्थयात्री गोसाइँकुण्ड पुगेको र यस क्षेत्रमा आठ करोड बराबरको व्यापार भएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो ।
मेलामा व्यापारीले महङ्गो मूल्य असुल गरेको गुनासो बढेको छ । गोसाइँकुण्ड मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...