पहिरोका कारण नागढुङ्गा नौविसे सडक खण्ड ठप्प

काठमाडाैं | भदौ ५, २०८१

पहिरोका कारण नागढुङ्गा नौविसे सडक खण्ड ठप्प

काठमाडौं:    अविरल वर्षासँगै खसेको पहिरोको कारण त्रिभुवन राजपथको नौविसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ ।


केहीवेर अघि सो सडक खण्डको पिपला मोड नजिकै सडक भन्दा माथिल्लो भागको डाँडा खस्दा सडक अवरुद्ध भएको हो ।


अवरुद्ध सडकका कारण संघीय राजधानी प्रवेशका लागि तराईका जिल्लाहरुबाट आएका सवारी साधन र राजधानीबाट बाहिरिने सवारी साधनहरु दुबैतर्फ ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भएको छ ।


सो सडक खुलाउने प्रयास भइरहेको तर पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्