बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
चितवन | साउन २८, २०८१
भरतपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।
घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

