नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडाैं | साउन २३, २०८१

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडौं:    नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ ।


शिवपुरी गाँउपालिका–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।


स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।


घटनास्थलमा प्रहरीहरु पुगि सकेकाले अहिले आगो निभाउने र उद्धार कार्य जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनु भयो ।  


उक्त  हेलिकप्टरमा चार जना यात्रु र चालक दलका सदस्य सवार रहेको प्रारम्भिक विवरण आफुहरुलाई प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्