ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते
सर्लाही | साउन २०, २०८१

सर्लाही: बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन् ।
तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय राम बालक राय फरार रहेका छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
म्याग्दी: जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस ...
पोखरा: रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...