पत्रकार माथि सांघातिक आक्रमण गर्ने थप एकजना पक्राउ

पाेखरा | साउन १९, २०८१

पत्रकार माथि सांघातिक आक्रमण गर्ने थप एकजना पक्राउ

पोखरा:   पत्रकार सुरज थापामगर र बिनु थापामगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पत्रकार माथि सांघातिक आक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । 


घटनापश्चात फरार भएका १७ वर्षीय किशोरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

 


 

यो पनि पढ्नुहोस

 


गत आइतबार गण्डकी प्रदेशमा भएको यातायात व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न पोखराको लखन चोक (पृथ्वीचोक)  पुगेका पत्रकार बिनु थापामर र सुरज थापामाथि सांघातिक आक्रमण भएको थियो । 


घटनामा संग्लन पाँच जना गत आइतबार नै पक्राउ परेका थिए । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार बिनाकुमारीले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले पत्रकारमाथि सांघातिक आक्रमण गरेका थिए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्