चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

पाेखरा | साउन १६, २०८१

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

पोखरा:     पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ ।


हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।


सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।


पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता अनुरुप ग्रामीण ठाउँहरुमा लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिने एमडी पोखरेलले जानकारी दिए ।


यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।


बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।


बैेंंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...

थप पढ्नुहोस्

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्