प्रहरी प्रधान कार्यालय तानिए बैदामका डिएसपी श्रेष्ठ, अब सन्तोष आउने
पाेखरा | साउन ७, २०८१
प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठ
पोखरा: वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले तानेको छ ।
गत सालको असोजमा बैदामको कमाण्ड सम्हालेका श्रेष्ठलाई गत शुक्रबार प्रहरी प्रधान कार्यालयले कार्य विभाग अन्तरगत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरेको हो ।
लेकसाइडका व्यवसायीहरुबाट नगद असुलेको र विभिन्न बहानामा दुख दिएको आरोप लगाउदै उनी विरुद्ध पोखराका पर्यटन व्यवसायीको नाममा अख्तियार तथा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उक्त उजुरी गत महिनाको ३० गते दर्ता भएको थियो ।
यो पनि पढ्नुहोस
त्यसपछि श्रेष्ठ प्रहरी प्रधान कार्यालय तानिएका हुन् भने उनको स्थानमा मानवस्रोत विभागमा कार्यरत सन्तोष निरौलालाई सिफारिस गरेको छ ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...


