बैदामका प्रहरी प्रमुख डिएसपी श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी

पाेखरा | साउन २, २०८१

बैदामका प्रहरी प्रमुख डिएसपी श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी

पोखरा:    वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 
 

डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित कार्य गरेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । 

 

उक्त उजुरी गत असार ३० गते दर्ता  (सि-०८७२४१) भएको छ ।  

 

अख्तियारमा दर्ता भएको उजुरी पत्रमा डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर मासिक रुपमा शुल्क उठाउँदै आएको आरोप लगाइएको छ । 

 

उजुरीमा भनिएको छ , ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरुमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको तथ्यसमेत देखिन्छ ।’

 

व्यवसायीहरुले भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारवाही गर्न माग गरेका छन् । 

 

यस्तो छ, उजुरी

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्