फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान

पाेखरा | साउन ४, २०८१

फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान सुकु मृत भेटिएको युनिक होटल (पोखरा महानगरपालिका -८, नागढुंगा)

पोखरा:   तनहुँको भिमादकी ३८ वर्षिया सुकु विक साथी भेट्ने भन्दै मंसिर ५ गते नागढुंगाको शिला रेष्टुरेन्टबाट निस्किइन् ।

 

त्यसपछि उनी त्यही नजिकैको युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् । 

 

पछि मृत भएको पुष्टि भयो र वडा प्रहरी बैदामको समन्वयमा कास्की प्रहरीले मुचुल्का तयार पार्यो । सुकुको हत्या भएको निष्कर्ष निकालेर कास्की प्रहरीले अघि अनुसन्धान  बढायो । तर यथेस्ट प्रमाणहरु जुटाउन भने समय लाग्यो । 

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पोष्टमार्टम रिपोर्ट अनुसार सुकुको घाँटीको हड्डी भाचिएको देखिएको थियो । 
 

यो पनि पढ्नुहोस

 

 

प्रारम्भिक अनुसन्धानको क्रममा मृत सुकुको ब्याइफ्रेन्डका रुपमा देखिएका युवाले नै लुटपाटको योजनासहित हत्या गरिएको निष्कर्ष निकाल्यो ।

 

युनिक होटल र आसपासमा सिसिटिभी नभएपछि अनुसन्धानका लागि ‘एक्ज्याक्ट क्लु’ फेला परेन । तर अनुसन्धान भने विभिन्न कोणबाट भइरह्यो । घटनापश्चात होटलका सञ्चालक सहित ५ लगायतलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्यो । पछि संलग्नता नदेखिएपछि उनीहरु छाडिए । 

 

अनुसन्धान गर्ने क्रममा सुकुको गरगहनासहित मोवाइल ‘आइफोन १३ प्रो म्याक्स’ लुटिएको थाहा भयो । 

 

उक्त फोन काठमाडौंमा विक्री भएको प्रहरीले पत्ता लगायो । ‘त्यसपछि सोधपुछको क्रममा त्यो फोन सञ्जयले बेचेको थाहा पाएपछि तिनै बागलुङको सञ्जय विकतर्फ अनुसन्धान सोझियो ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने ।

 

सञ्जय मोबाइल बेचेपछि पोखरा नै फर्किएका थिए । पोखराको माटेपानीमा रहेको थाहापाएपछि वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकका प्रहरी टोली सञ्जयको पछि लागेका थिए ।

 

तर उनको श्रीमतिको कारण सञ्जय त्यहाँबाट फरार भए र उनी चितवन हुँदै भारत छिरे ।

 

त्यसपछि पनि उनी चोरीमै संलग्न हुँदै आएको बताइएको छ । प्रहरीको नोटिसमा रहेका सञ्जय करिब ८ महिनापछि चितवनबाट पक्राउ परे । आज उनलाई कास्की प्रहरीले दसी प्रमाणसहित सार्वजनिक गर्दै छ ।

 

यसअघि सञ्जयविरुद्ध वडा प्रहरी कार्यालय बैदाममा चोरी कसुरमा मुद्धा चलेको थियो ।

पोखरा:   असार १५ गते मनाइने धान दिवसको अवसरमा पोखरामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको छ ।  पोखरा महानगरपालिका–२६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २० औं संस्करण...

थप पढ्नुहोस्

काठमाडौं:  सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्र...

थप पढ्नुहोस्

कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय !  यो बजेट शब्दको  ठेट नेपाली समकक्षी  थाहै भएन मलाई  लाग्छ यो शब्द  हाम्रै बोलिचालीको  ‘रकम’ ...

थप पढ्नुहोस्