नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय
८ महिनापछि पक्राउ उनलाई आज सार्वजनिक गर्दै कास्की प्रहरी
पाेखरा | साउन ४, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नागढुंगास्थित युनिक होटलमा भएको हत्याकाण्डको अरोपीलाई आज ४ बजे सार्वजनिक गर्दैछ ।
गत सालको मंसिर ५ गते पोखरा महानगरपालिका ८ नागढुंगाको युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक मृत भेटिएकी थिइन् ।
उनै सुकुको हत्या आरोपमा कास्की प्रहरीले सञ्जय विकलाई करिब ८ महिनापछि पक्राउ गरेको हो ।
यो पनि पढ्नुहोस
प्रहरी स्रोतका अनुसार सञ्जय हत्यापछि भारत भागेका थिए । नेपाल प्रहरीको निगरानीमा रहेको उनलाई चितवनबाट पक्राउ गरेर कास्की ल्याइएको छ ।
मृतक सुकु विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।
उनी मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख उनै सुकु युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...


