बागलुङमा नक्कली चिकित्सक पक्राउ

बाग्लुङ | असार २२, २०७९

बागलुङमा नक्कली चिकित्सक पक्राउ

 

बागलुङ:  यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमाणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको प्रमाणपत्र वितरण गर्ने उनीहरु आज दिउँसो पक्राउ परेका हुन् ।

 

धादिङ जिल्लाको धादिङबेशी नगरपालिका–५ का २७ बर्षिय राम अर्याल र नवलपुर जिल्लाको कावासोती नगरपालिका–९ बस्ने २१ बर्षिय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पोलिक्लिनिकमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

 

उनीहरुले सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । पोलिक्लिनिक बाट कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारेको उनले बताए । बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थपगरी अनुसन्धान भैरहेको रानाले बताए ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्