एटीएम फोडेर पैसा चोर्न खोज्ने दुई जना पक्राउ
काठमाडाैं | असार २७, २०८१
काठमाडौं: बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् ।
वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको किनारमा रहेको बैंकको एटिएम तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
स्थानीयले बुधबार बिहान ३:१० बजे स्थानीयले एटिएम तोडफोड हुँदै गरेको जानकारी दिएपछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका नुवाकोट ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षका सुजन तामाङ रहेका छन् । उनीहरूबाट एटिएम फोड्न प्रयोग हुने विशेष प्रकारको फलामको रड बरामद गरिएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताउनुभएको छ । यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आ...
दमौली: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...
काठमाडौं: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...