पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाेखरा | असार २६, २०८१
पोखरा: पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

