टुसा बोकेर पोखरा आउँदै गरेको गाडी एक्यापको नियन्त्रणमा
पाेखरा | असार २५, २०८१
पोखरा: अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ ।
कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

