टुसा बोकेर पोखरा आउँदै गरेको गाडी एक्यापको नियन्त्रणमा
पाेखरा | असार २५, २०८१
पोखरा: अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ ।
कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...
काठमाडौं: नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको ...
पोखरा: पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्...

