खुदी खोलामा हाम फालेका नेत्रनाथको उद्धार
पाेखरा | असार २५, २०८१
पोखरा: पोखरा महानगपालिका–३२ खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका नेत्रनाथ कोइरालाको प्रहरीले उद्धार गरेको छ ।
आज दिउँसो खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका कोइरालाको प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षीय नेत्रनाथ कोइरालाले आउ दिउँसो पोखरा–३२ खुदीखोा स्थित पुलबाट हाम फालेका थिए । खोलामा हाम फालेका कोइरालालाई प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
खोलामा हाम फालेका कोइरालाको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कोइरालाले के कारणले खोलामा हाम फालेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
उनलाई खोलाबाट उद्धार गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लागि पठाइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

