खुदी खोलामा हाम फालेका नेत्रनाथको उद्धार

पाेखरा | असार २५, २०८१

खुदी खोलामा हाम फालेका नेत्रनाथको उद्धार

पोखरा:    पोखरा महानगपालिका–३२ खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका नेत्रनाथ कोइरालाको प्रहरीले उद्धार गरेको छ । 


आज दिउँसो खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका कोइरालाको प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो । 


तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षीय नेत्रनाथ कोइरालाले आउ दिउँसो पोखरा–३२ खुदीखोा स्थित पुलबाट हाम फालेका थिए । खोलामा हाम फालेका कोइरालालाई प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । 


खोलामा हाम फालेका कोइरालाको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कोइरालाले के कारणले खोलामा हाम फालेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ । 


उनलाई खोलाबाट उद्धार गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लागि पठाइएको छ । 
 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्