पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु

स्याङ्जा | असार २४, २०८१

पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु सांकेतिक तस्बिर

स्याङ्जा:   अविरल वर्षाका कारण  घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा भिरकोट नगरपालिका ५ ज्यामिरेका ७३ वर्षीय खेमकुमारी मल्ल रेहकी छिन् । 

 

गत २२ गते ढुङ्गा, माटो र जस्ताले बनेको दुइतले कच्ची घर माथिबाट पहिरो आएर घर पुरेको थियो ।

 

त्यसपछि उद्धारमा खटिएको टोलीले २३ गते आइतबार मात्रै पहिरोमा पुरिएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 


 

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...

थप पढ्नुहोस्

कास्की:    धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।    उत्तरतिर लस्करै ...

थप पढ्नुहोस्