संसदीय समिति गठन हुनु सकारात्मक: सांसद भट्टराई

काठमाडाैं | असार २२, २०७९

संसदीय समिति गठन हुनु सकारात्मक:   सांसद भट्टराई


काठमाण्डौँ:  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति हुनु सकारात्मक भएको बताउनुभएको छ । 

    

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै एमालेका उपमहासचिवसमेत रहनुभएका सांसद भट्टराईले आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश गर्नुभन्दा अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरेको विषयमा गम्भीर भएकाले नै पार्टीले गम्भीरतापूर्वक छानबिनका लागि आवाज उठाएको बताउनुभयो । 

    

सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वका विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिएलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सांसद भट्टराईलाई बोल्नका लागि समय उपलब्ध गराइएको थियो । उहाँले आफूहरूको मागको सम्बोधन गरिएकोमा सभामुखलाई समेत धन्यवाद दिनुभयो । उहाँले सोही कारण अर्थ मन्त्रालयका सचिव बिदामा रहेको र अरु कर्मचारी पनि काम गर्न तयार नभएको जिकिर उहाँको थियो ।

  

 मिडियामा आएको विषय एमालेले पटकपटक उठाएको र नेपाली कांग्रेसका केही सांसदले पनि विषय उठाएपछि समिति गठन भएको पनि उहाँले बताउनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्