सबै प्रदेशका गृहमन्त्री जनकपुरधाम आउँदै
काठमाडाैं | असार २२, २०७९
काठमाण्डौँ: देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् ।
मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो ।
गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधामा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीबार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताउनुभयो । सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ ।
बिहीबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरुको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आज बेलुका ६ बजेसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोली आज साँझ जनकपुरधामस्थित गङ्गासागर पोखरीमा नियमित हुँदै आएको महागङ्गा आरतीमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
यस्तै टोलीले यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उहाँहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...
मुस्ताङ: मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...
काठमाडौं: आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । ...

