कास्कीलाई गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

पाेखरा | असार १४, २०८१

कास्कीलाई गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

पोखरा:     कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ ।


पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।


प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।


प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद रु ३०–३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।


समापन कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली टिमका सदस्य बाग्लुङ निवासी विशाल थापालाई सम्मान गरिएको थियो ।


प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्