निरमाया दोहोरी साँझ २० वर्षमा प्रवेश, एक साता वार्षिकोत्सव मनाउने
पाेखरा | असार १३, २०८१
पोखरा: दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनाउने भएको छ ।
पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ ।

वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ ।
सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा तामाङ, निशा गुरुङले सांगीतिक प्रस्तुती दिनेछिन् भने मोडेल तथा डान्सर अशु गुरुङको प्रस्तुती दिनेछिन् ।
यस्तै दोहोरी साँझका नियमित कलाकारहरु टेक क्षेत्री, गुुप्त गुरुङ, विनोद गुरुङ, किसान नेपाली, टसबहादुर गुरुङ, सञ्जय गायक, प्रशान्त तामाङ, पाण्डव गुरुङ, याम बहादुर नेपाली, मनोज नेपाली, इन्द्रा गुरुङ, कल्पना आले, बत्तिकुमारी थापा, चिना थापा, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ, निरुता थापा मगर र निशा गुरुङको प्रस्तुती रहने छ ।
सोही कार्यक्रमको अवसरमा पछिल्लो समय लोकप्रिय बनेको (गोर्खे खुकुरी, सोल्टी बजारमा) गीतका सर्जक तथा गायक निश्चल दवाडीलाई सम्मान गरिने दोहोरी साँझले जनाएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

