पोखरामा फार्मेसीबाट अवैध लागुऔषध बेच्ने र किन्ने पक्राउ
पाेखरा | असार ७, २०८१

कास्की प्रहरीले फार्मेसीबाट अवैध रुपमा लागुऔषध विक्री गर्ने र किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा ७ प्रगति टोलस्थितमा सुमधुर फार्मेसीबाट विक्री गर्ने गोरखा सिरानचोक गाउँपालिका ४ घर भई हाल पोखरा १५ बस्ने २२ वर्षीया कुमारी कुमाल र ड्रग्स किन्ने पोखरा ९ वस्ने २२ वर्षीय दिपेश गुरुङ र सोही स्थानकै विपिन परियार रहेका छन् ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट टपेन्टाडोल (१ सय एमजी) १८ चक्की र उक्त फार्मेसीमा खानतलासी गर्दा टपेन्टाडोल (१ सय एमजी) १४७ चक्की र टपेन्टाडोल (५० एमजी) ६७ चक्की गरी कुल २१४ चक्की गरिएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार लागूऔषध डाक्टरको सिफारिस विना किनेको पाइएकाले दुव्यसनीको प्रयोग गर्ने देखिएपछि अनुसन्धान थािलएको हो ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७)े म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...