पाेखरामा नक्कली सुन देखाएर ठगी गर्ने २ भारतीय पक्राउ
पाेखरा | जेठ ३१, २०८१
पोखरा: कास्की प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएकी ७१ वर्षीया की प्रभा देवी र सोही स्थानकै ४२ वर्षीय राम नारायण सुलेङी रहेका छन् ।
उनीहरुलाई छोरेपाटन बरकोबोट स्थित प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरादेखी बुटवलतर्फ जाँदै गरेको हाइसलाई रोकी चेकजाँच गर्ने क्रममा नगद रु ३ लाख ९० हजारसहित पक्राउ गरेको हो ।
उनीहरुले पोखरा महानगरपालिका वडा ८ सृजनाचोक स्थितमा प्लास्टिक पसल सञ्चालन गर्ने ५२ वर्षीय व्यापारीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद रु.४ लाख लिई भागेका थिए ।
सोही सूचनाको आधारमा प्रहरीले हिजो दिउँसो पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धि कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

