असारको दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल
पाेखरा | जेठ २८, २०८१
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिब दुई वर्षपछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता हुने बताए ।
करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० हजार र तेस्रो हुने टिमलाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौटसमेत गर्ने तयारी भइरहेको पाठकले बताए ।
प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

