न्यू ग्यालेक्सीमा एसइई विद्यार्थी लक्षित कार्यक्रम, फुटसलमा बिटी ट्रेनी सेन्टर विजयी
पाेखरा | जेठ २८, २०८१
                                
                            पोखरा: न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलमा एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, बास्केटबल अनलाइन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो ।
फुटसलतर्फ बिटी ट्रेनी सेन्टर प्रथम भए । यस्तै रतुवा एफसी द्धितीय भएका थिए ।
प्रथम बनेको बिटीले नगद ३० हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।
यस्तै दोस्रो बनेको रतुवालाई १५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको प्राध्यापक डा. रामजी शर्माले जानकारी दिए ।
उनका अनुसार छात्र बास्केटबलतर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भए । प्रथम र द्धित्तिय बनेका टिमले क्रमश २० हजार र १० हजारसहित ट्रफि मेडल प्राप्त गरे ।
छात्रा बास्केटबलतर्फ मर्दि हिमाल प्रथम हुदै नगद रु ८ हजारसहित ट्रफि र मेडल हात पार्याे भने दोस्रो भएको पश्चिमाञ्चलले नगद रु ५ हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।
यसैगरी अनलाइन प्रश्नोत्तरतर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्धितीय हुने दिपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले बताए ।
विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनीय रहेको धारणा राखेकी थिइन् ।
न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिशन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकीका निर्देशक सुरज मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...
                    
