हेल्प नेपाललाई प्रधानमन्त्री कप भलिबल लिगको उपाधि

काठमाडाैं | जेठ २७, २०८१

हेल्प नेपाललाई प्रधानमन्त्री कप भलिबल लिगको उपाधि

काठमाडौं:     आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेका छन् ।  


महिलातर्फ नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो भने पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर हेल्प नेपाल बिजेता बन्यो । दुबैले टिमले जनही ८/८ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने उपबिजेताले ४/४ लाख पाए ।


महिलातर्फ पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ को सेटमा पराजित गर्‍यो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।



पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जितेर पुलिसले उपाधि रक्षा गरेको हो ।


पुरुषतर्फ भने हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्‍यो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो ।


महिलातर्फ एपीएफ र पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भए । उनीहरुले जनही २ लाख रुपैयाँ पाए ।


महिलातर्फ उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी मसुर राजा बट्टो सर्वोत्कृष्ट खेलाडी बनेर जनही ५० हजार रुपैयाँ पाए ।


मसुरले यसअघि पनि हेल्प नेपालबाट नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन् ।


लिबेरोमा महिला तर्फ पुलिसकी शान्तिकला तामाङ र पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट घोषित भई जनही ३० हजार रुपैयाँ पाए ।


उत्कृष्ट सर्भर महिलामा निरुता ठगुन्ना र पुरुषमा रमन कुमार बने । पहिलो पटक नेपालमा भलिबल खेलेका रमनकुमार भारतीय खेलाडी हुन् ।


उत्कृष्ट स्पाइकर महिलातर्फ एभरेष्टकी केपी अनुश्री र पुरुषतर्फ गण्डकीका सन्तोष साहाया बने । उनीहरु दुबै जना भारतीय खेलाडी हुन् ।


अनुश्री भारतको राष्ट्रिय टिमकै खेलाडी हुन् । उत्कृष्ट ब्लकर महिलातर्फ एभरेष्टकी सूर्य तोतांगल र पुरुषतर्फ पुसिलका सफल बिक बने ।


भारतीय खेलाडी तोतांगलले यसअघि पनि नेपालबाट भलिबल खेलिसकेकी छन् ।


महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ हेल्प नेपालका आद्नान खान उत्कृष्ट सेटर बने । महिलातर्फ पुलिसका रुपेश विष्ट र र पुरुषतर्फ उत्सव खड्का उत्कृष्ट प्रशिक्षक बने । उनीहरु सबैले जनही २० हजार रुपैयाँ पुरस्कार पाए ।


व्यक्तिगत विधाका पुरस्कार पाउनेमा ६ जना विदेशी खेलाडी छन् ।

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब, भत्ता भुक्तान गरेको छ ।  गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको...

थप पढ्नुहोस्

काठमाडौं:  प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ ।  दुबै जनालाई झाप...

थप पढ्नुहोस्

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।   बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आ...

थप पढ्नुहोस्