धिमाल महिलालाई तान सहयोग
झापा | असार २१, २०७९
झापा : यहाँस्थित दमक नगरपालिका– १० का धिमाल महिलाको आयआर्जनमा सहयोग पुर्याउन नौ थान पेटानी बुन्ने घरेलु तान हस्तान्तरण गरिएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका नौजना महिलालाई सो तान हस्तान्तरण गरेको हो ।
कार्यक्रममा वडाको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को रु एक लाख ५० हजार बजेटबाट जनही करिब रु १७ हजार मूल्य बराबरका नौ थान पेटानी बुन्ने तान वितरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बताउनुभयो । वडा सचिव योगेश भट्टराईका अनुसार वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तीका महिलालाई तान वितरण गरिएको हो । लाभग्राही पुसमाया धिमालले अझै पनि आफ्नो समुदायभित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो गाउँ छिमेकमा तीनवटा मात्र पेटानी बुन्ने तान रहेकाले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...
मुस्ताङ: मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...
काठमाडौं: आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । ...

