पोखरामा टिप्परलाई ओभरटेक गर्दा मोटसाइकल दुर्घटनाः स्याङ्जाकी रिमालको मृत्यु
पाेखरा | जेठ २१, २०८१
पोखरा: पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले
ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् ।
घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो अहिले मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको छ ।
दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

