कास्की-२: एमालेको विरासत तोड्दै रास्वपाका उत्तम विजयी
पाेखरा | फागुन २३, २०८२
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।
एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमप्रसादले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।
५२ हजार ५ सय १९ मत खसेकोमा १ हजार ८४४ मत बदर भएको छ । रास्वपाका उत्तमप्रसादले ३१ हजार ९११ मत कास्की–२ बाट प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे ।
राप्रपाभन्दा पछि नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन् ।
उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन् । अन्य पार्टीले भने झिनो मत प्राप्त गरे । अहिलेसम्म नेकपा एमालेले जित्दै आएको क्षेत्रमा एमालेले युवा नेता केन्द्रीय सदस्य रश्मिलाई उठाएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

