पोखरामा टिप्परलाई ओभरटेक गर्दा मोटसाइकल दुर्घटनाः स्याङ्जाकी रिमालको मृत्यु

पाेखरा | जेठ २१, २०८१

पोखरामा टिप्परलाई ओभरटेक गर्दा मोटसाइकल दुर्घटनाः स्याङ्जाकी रिमालको मृत्यु

पोखरा:    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

 

कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले

 

ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए । 

 

उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् ।

 

घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो  अहिले मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको छ ।

 

दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको  कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्