पोखराको नदीपुरमा किङ्स कप भेट्रान्स भलिबल सुरु
एफिएफ सेमिफाइनल प्रवेश
पाेखरा | जेठ १८, २०८१
पोखरा: पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शुक्रबार) देखि प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता सुरु भएको छ ।
पूर्व खेलाडीहरुबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित खेलकुदको क्षेत्रमा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको हो ।
समाजसेवी गंगा बहादुर खड्काको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा पहिलो चरणका खेल सकिएको कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।
उनका अनुसार एपिएफको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै विश्वकर्मा समाजलाई २–० को सोझो सेटमा हराउँदै जिएम ब्रदर्श क्वाटरफाइनलमा प्रवेश गर्याे ।
अर्काे खेलमा छन्त्याल भेट्रान्सलाई २–० को सोझो सेटमा हरिनास भेट्रान्सले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।
आँधीखोला हङकङले आयोजक बिलाई २–० को सोझो सेटमा पराजित गर्दै आँधीखोला क्वाटरफाइनमा प्रवेश गरेको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार अर्काे खेलमा पोखरा २० मोहरियाको अनुपस्थितिमा पोखरा भेट्रान्स वाकओभरमार्फत विजयी बन्यो ।
यस्तै व्यास तनहुँको अनुपस्थितिमा गलकोट र धवलागिरी टिमको अनुसस्थितिमा आयोजक बिजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
अब शनिबार पोखरा भेट्रान्स र गलकोट, जिएम ब्रदर्श र आयोजक क्वाटरफाइनलमा भिड्नेछन् । यस्तै आँधीखोला र हरिनास भेट्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
कुल १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

