पोखरामा स्वर्णिम एफसीको भेट्रान्स फुटसल सुरु

सेमिफाइनल समिकरण पूरा

पाेखरा | जेठ १८, २०८१

पोखरामा स्वर्णिम एफसीको भेट्रान्स फुटसल सुरु

पोखरा:   पोखराको अमरसिंह स्पोर्टस् सेन्टरमा पहिलो संस्करणको भेट्रान्स (३५ प्लस) फुटसल प्रतियोगिता सुरु भएको  छ ।

 

कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा आज  (शुक्रबार ) सेमिफाइनलको समिकरण पूरा  भएको क्लबका सचिव अनुपम गुरुङले जानकारी दिए ।

 

उनका अनुसार पहिलो क्वाटरफाइनल खेलमा एट टु नाइनले आयोजक स्वर्णिम एफसी हरियोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एट टु नाइन सेमिफाइनलमा प्रवेश गर्याे ।

 

दोस्रो खेलमा गार्डेन एफसीले भाइब्रेन एफसीलाई ३–१  गोल अन्तरले हरायो ।

 

तेस्रो खेलमा नाफालाई  टेन टु इलाभेनले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्याे ।

 

अन्तिम क्वाटरफाइनल खेलमा  स्वर्णिम एफसी रेडले  दिपेन्द्र एफसीलाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा स्थान बनायो ।

 

अब सेमिफाइनल र फाइनल खेल शनिबार हुने क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए ।

 

उनका अनुसार शनिबार पहिलो सेमिफाइनल गार्डेन एफसी र (स्वर्णिम एफसी रेड) आयोजकबीच हुनेछ भने दोस्रो सेमिफाइनल एट टु नाइन र टेन टु इलाभेनबीच हुनेछ ।

 

कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल  तथा प्रमाणपत्र प्रदान गरिने छ । 

 

यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा  शिल्ड, मेडल तथा  प्रमाणपत्र  प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको  व्यवस्था गरिएको आयोजकले  जनाएको  छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्