राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने

चितवन | जेठ १७, २०८१

राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने

चितवन:     चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।   


नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख  लामाले जानकारी दिनुभयो ।


नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठन पाठनमा सहज  बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुँदै आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।” 


यसअघि राती नगरपालिका र नेपाल तामाङ घेदुङ राप्तीको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषा सम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ विद्यार्थीमा देखिएको भाषागत समस्याको समाधानलगायतका विषयमा नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, शिक्षा समिति, विभिन्न सङ्घ संस्था तथा समाजिक व्यक्तिहरुसँग छलफल गरिएको नगर प्रमुख लामाले बताउनुभयो ।  


सुरुआतमा कक्षा १ मा तामाङ भाषामा पढाइ हुने नगारपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रमा १० विद्यालयमा तामाङ भाषाको कक्षा सञ्चालन गरिने छ । आगामी शैक्षिक सत्रदेखि चेपाङको बाहुल्यता रहेका विद्यालयमा चेपाङ भाषाको कक्षा पनि सञ्चालन गरिने बताइएको छ । राप्ती नगरपालिकामा ४९ सामुदायिक विद्यालय छन् ।

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्