डलर साट्ने प्रलोभन देखाइ १८ लाख ठगेर भाग्ने पक्राउ

पाेखरा | जेठ १५, २०८१

डलर साट्ने प्रलोभन देखाइ १८ लाख ठगेर भाग्ने पक्राउ

सिन्धुली:     डलर साट्ने प्रलोभन देखाई अठार लाख रुपैया ठगेर भाग्दै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित लौकुन भन्ने स्थानमा अपरिचित व्यक्तिहरुले डलरको पोको भनि रुमालमा पोको पारेको २० का नेपाली नोट र कागजका टुक्राहरु दिई इलाम जिल्लाको इलाम नगरपालिका १ का ४४ बर्षिय राजु गौतमसँगको अठार लाख लिएर भागेको भन्ने सुचनाको आधारमा मध्यपहाडी लोकमार्गस्थित हैबारबेसीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।


प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ को २४ बर्षिय श्याम तामाङ, सोही ठाँउका २६ बर्षिय तेन्जेन पाइन र २७ बर्षिय नारायणबहादुर पाइन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लले जानकारी दिनुभयो ।


उनिहरुलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले गोलञ्जोर गाँउपालिका वडा नम्बर ६ हैवारबेशीमा लुकीछिपी बसीरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।


उनिहरुको साथबाट गाढा निलो रंगको झोला भित्र रहेको नेपाली अठार लाख, यूएस डलर १ को २ सय ३७ थान, बा।प्र।०२–०४४प४३०९ नम्बरको ३५० सीसीको रातो कालो बुलेट मोटरसाइकल, बा।प्र।०२–०४५प६३०२ नम्बरको २२० सीसीको कालो रातो पल्सर मोटसाइकल बरामद भएको प्रहरी उपरिक्षक काफ्लले जानकारी दिनुभयो ।


पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्