डिआइजीमा बढुवा भएका ४ अफिसरलाई दर्ज्यानी चिन्ह

काठमाडाैं | जेठ १५, २०८१

डिआइजीमा बढुवा भएका ४ अफिसरलाई दर्ज्यानी चिन्ह Photo: Nepal Police

काठमाडौं:   नेपाल प्रहरीको ४  जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका छन् ।

 

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको १३ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी पदोन्नति भएका हुन् ।

 

उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे ।

 

सो अवसरमा बोल्दै महानिरीक्षक कुँवरले राष्ट्र जनता र संगठनप्रति गरेको योगदान कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताएका थिए ।

 

सोही समारोहकाबीच नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को गत ६ गतेको निर्णयानुसार  प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाहलाईसमेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो 
 

काठमाडौं:  वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ।  मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि ...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ...

थप पढ्नुहोस्

काठमाडौं:  जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ ।  मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियो...

थप पढ्नुहोस्