गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बिओपी स्थापना

गोरखा | जेठ १४, २०८१

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बिओपी स्थापना

गोरखा:      सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।


यससँगै चीनतर्फ बिओपीको सङ्ख्या १० वटा पुगेको सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नंं। २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।


नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानीलगायत कार्यहरु गर्नेछ । समुन्द्री सतहतबाट करीव तीन हजार ८७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ ।  


यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित नौ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारततर्फ दुई सय ४४ र चीनतर्फ १० गरी बिओपीको सङ्ख्या दुई सय ५४ वटा पुगेको छ ।

काठमाडौं:  जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ ।  मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियो...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक वडावासी युवाको उद्धार गरेका छन्।  वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।  गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान...

थप पढ्नुहोस्