पिप्लेलाई यु–२३ बास्केटबलको उपाधि
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो ।
उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पिप्लेका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । यस्तै केबिएका विपुल गुरुङले सर्वाधिक स्कोररको ट्रफी हात पारे । उनले खेलभर कुल १३ स्कोर गरे ।
२८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो । शनिबार नै फाइनल खेल हुने भनिएपनि वर्षाका करण खेल आइतबार भएको हो ।
फाइनल खेलको समापनमा बोल्दै खेलकुद परिषद गण्डकीका उपाध्यक्ष तथा गण्डकी बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले आगामी वर्षदेखि प्रदेशले प्रतियोगितालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
बास्केटबल पनि लोकप्रिक खेल मध्येकै एक रहेको र यसको प्रतियोगिताहरु हुँदै आइपनि अझ चर्चामा ल्याउन आवश्यक रहेको उनले सुनाए ।
क्लबका अध्यक्ष आनन्द तझ्याले युवा खेलाडी लक्षित गरेर यु–२३ बास्केटबलको आयोजना गरेको बताए । प्रतियोगितालाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले अब महेन्द्रपुल युथ क्लब पुनः जागरण भएको र हरेक वर्ष विभिन्न खेल गतिविधिको आयोजना गर्ने बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

