सांसद सुहाङ नेम्बाङले लिए शपथ

काठमाडाैं | बैशाख २६, २०८१

सांसद सुहाङ नेम्बाङले लिए शपथ

काठमाडौं:    इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्।


गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्।


नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको थियो।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्