लान्द्रुकमा जेठ ८ गते हनि हन्टिङ महोत्सव

धरान | बैशाख २५, २०८१

लान्द्रुकमा जेठ ८ गते हनि हन्टिङ महोत्सव

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा जेठ ८ गतेदेखि हनि हन्टिङ महोत्सव हुने भएको छ । 


लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज (मंगलबार) पोखरामा पत्रकार सम्मलेन गर्दै जेठ ८ गते महोत्सव हुन लागेको जानकारी दिएको हो । 

 


लान्द्रुक मोदी खोला किनारस्थित कोटेसाङ भीरमा रहेको भीर माहुरीको मह काढ्न यसवर्षपनि हनि हन्टिङ महोत्सव आयोजना गरेको अध्यक्ष सुरेश गुरुङले बताए । 


‘भीर मौरीको मह वर्षमा दुईपटक काढ्ने गरिन्छ, अहिले वर्षको पहिलो सिजनको मह निकाल्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘लान्द्रुक मोदीखोला किनारास्थित कोटेसाङ भिरमा रहेको भीर माहुरीको मह निकाल्न जेठ ८ गते हनि हन्टिङ महोत्सव आयोजना गरेका छौं ।’


 

यो पनि पढ्नुहोस

 


उनले मोदीखोला किनारास्थित कोटेसाङ भीरमा करिव १० देखि १२ घारको मह निकालिने समेत बताए ।


 ‘हनि हन्टिङ महोत्सवमा हामीले करिव १०देखि १२ घारको मह निकाल्दै छौं’उनले भने, ‘महोत्सवले लान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनसँगै लेकाली महलाई बजारीकरण गर्ने लक्ष्य राखेका छौं ।’


उनले एक लिटर महको ३ हजार रुपैयाँ मूल्य कायम गरिएको समेत बताए । 


यस्तै हनि हन्टिङ महोत्सवमा ३३ वर्ष उमेर माथिको  पौढ भलिबल समेत आयोजना गरेको छ । साविक वडास्तरीय पौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । महोत्सवमा सास्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । 


महोत्सवमा भिरौटेदेखि शिकारी सम्मानित हुँदै


लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले भिरौटे, शिकारी र दिवंगत भएका भिरौटे र शिकारीहरुलाई मरणोपरान्त सम्मान गर्ने भएको छ । 


सम्मानित हुनेमा आनन्द पौडेल, खड्गबहादुर गुरूङ, मन बहादुर पुन, घनश्याम चापागाई, नक्कल गुरूङ, मिमबहादुर गुरूङ, अर्जुन गुरूङ, जय पौडेल क्षेत्री लगायत रहेका छन् । भने मरणोपरान्त सम्मान पाउँनेमा जंगावीर क्षेत्री, हवल्दार सेते गुरूङ, प्रताप बहादुर गुरूङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरूङ रहेका छन् । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्