लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
पाेखरा | बैशाख १४, २०८१
पोखरा: वडा प्रहरी कार्यालय बैदामले प्रहरीले गत ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई गरेको ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका वडा १७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन् ।
कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले एउटै दिशामा गएको स्कुटरलाई ठक्कर दिई स्कुटरमा सवार पोखरा २७ कि गायत्री थापालाई घाइते बनाई गाली गलौज गरी फरार रहेको बताउदै सूचनाको आधारमा कुशललाई पक्राउ गरिएको बताए ।
डिएसपी शर्माका अनुसार कुशललाई ठक्कर दिएको स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
हाल पक्राउ परेका कुशलविरुद्ध वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार सम्बन्धि मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

