प्रधानमन्त्री प्रचण्ड र अमिरबीच भेटवार्ता, आजै स्वदेश फर्कने

काठमाडाैं | बैशाख १२, २०८१

प्रधानमन्त्री प्रचण्ड र अमिरबीच भेटवार्ता, आजै स्वदेश फर्कने

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।

 

होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

 

नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मङ्गलबार काठमाडौँ आइपुग्नुभएका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए ।

 

प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले जानकारी दिए ।

 

आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।

 

कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ।  

पोखरा:   कास्कीको विरौटाबाट नगदसहित सुनका गरगहना चोरी भएको छ ।   कास्की प्रहरीका अनुसार गत शनिबार पोखरा महानगरपालिका १७ विरौटास्थित लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ ल...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ ।   रााष्ट्रिय मानवअधिकार आयोग...

थप पढ्नुहोस्

काठमाडौं:    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वा...

थप पढ्नुहोस्