दराजको अफिसबाट पौने ६ लाख चोरी गर्ने ३ जना पक्राउ

पाेखरा | बैशाख ११, २०८१

दराजको अफिसबाट पौने ६ लाख चोरी गर्ने ३ जना पक्राउ

पोखरा:  कास्की प्रहरीले पोखराको नयाँ बजारस्थित दराज अनलाइनको कार्यालयबाट नगद चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

 

कास्की प्रहरीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा १० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भई हाल पोखरा २ नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन् ।

 

उनीहरुलाई पोखरा ५ पस्र्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीहरुले गत चैत्र २४ गते पोखरा महानगरपालिका –८ नयाँ बजारमा रहेको दराज अनलाइनको डेलिभरी कार्यालयको सिसा फोडेर नगद रु ५ लाख ८२ हजार ५ सय ८०, मोबाइल १ थान र ५ थान झोला लगायतका समाग्री चोरी फरार थिए ।

 

हाल पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।


 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्