लुङ्ग्रीमा पुल भत्कँदा आवतजावतमा सास्ती
रोल्पा | असार १९, २०७९
सांकेतिक तस्बिर
रोल्पा : अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो ।
गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् ।
लुङ्ग्रीका अध्यक्ष भरत थापाले भन्नुभयो, “पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ । ” सो गाउँपालिकाको रु २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमितिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

