हेमजामा बस दुर्घटना: घाइते भएका नरबहादुरको उपचारको क्रममा मृत्यु

पाेखरा | बैशाख १, २०८१

हेमजामा बस दुर्घटना: घाइते भएका नरबहादुरको उपचारको क्रममा मृत्यु

पोखरा:   हेमजामा चैत २९ गते बिहान बस दुर्घटना हुँदा गम्भिर घाइते भएका नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको छ । 


काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस चैत २९ गते दुर्घटना हुँदा घाइते भएका ८ जना मध्ये नरबहादुरको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  । 


काठमाडौंबाट म्याग्दीका लागि छुटेको ग १ ख १६३० नम्बरको बस चैत २९ गते बिहान सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइतेका थिए । 


 

यो पनि पढ्नुहोस

 


घाइते भएका ८ जना मध्य ७ जना सोही दिन उपचार पछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । घाइते मध्य म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ घर भएका ७२ वर्षीय नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस सह–चालक चलाएको खुल्न आएको बताएको छ । बस दुर्घटनापछि प्रहरीले बस चालक र सह–चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्