काठमाडौंबाट बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते
पाेखरा | चैत २९, २०८०
पोखरा: पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
कास्की प्रहरीका अनुसार आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको दुर्घटना हुँदा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्तीसहित ( अवस्था मध्यम )७ जना घाइते भएका हुन् ।
यस्तै घाइते हुनेहरुमा म्याग्दीको मालिका गाउँपालिका वडा ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा (अवस्था सामान्य), सोही गाउँकै ६ वर्षी निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् ।
यसैगरी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नर बहादुर पुन र सोही वडाकै ६५ वर्षीया कृष्णकुमारी पुन रहेकी छिन् । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
कास्की प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

