राम्चेली गडाभाई तमु समाज पोखराको भित्तेपात्रो विमोचन
पाेखरा | बैशाख १, २०८१

पोखरा: स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।
स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई तमु समाज पोखराले शनिबार अमरसिंहस्थित एनएन क्याफेमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचना समेत गरिएको हो ।
समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष ओम गुरुङ, काहुँडाडा होमस्टे संचालक जमान सिंह गुरुङ सल्लाहकार सदस्य सुवेदार लोक बहादुर गुरुङ, समाजका सदस्य चुत्र गुरुङ, समाजका सदस्य रुपक गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले नयाँ पुस्तालाई पढाइमा लगनशिल बनि आफ्नो भविष्यप्रति सजग बन्नुपर्नेमा जोड दिए । उनिहरुले समाजमा एक अर्का प्रति सदैव एकता र सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना दिए ।
कार्यक्रममा भित्तेपात्रो प्रकाशित गर्न सहयोग गर्ने संस्थापक सचिव आशिष गुरुङ सक्रिय सदस्य रुपक गुरुङ र पलमान गुरुङ र कार्यक्रम सफलताको लागि आर्थिक सहयोग गर्ने सक्रिय सदस्य चुत्र गुरुङ, चेत बहादुर र काहुँडाडा होमस्टे संचालक जमान सिं गुरुङ लगायतलाई सम्मान समेत गरिएको थियो ।
समाजका सह–सचिव रूपसिङ गुरुङले संचालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष, शैक्षिक व्यक्तित्व तथा एल.आई. सी. नेपाल प्रालि वालिङ शाखाका म्यानेजर औ बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...