चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते
चितवन | असार १८, २०७९
चितवन : शनिवार विहान करिव ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी छिन् ।
खैरहनी नगरपालिका– १३ बस्ने बर्ष ३८ की बालिका गुरुङ्गलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार घाईतेको अवस्था गम्भीर छ । घाईतेको अहिले मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोछ ।
चितवनमा पछिल्लो समय बाघको आक्रमण वढेको छ । पछिल्लो एक वर्षमा चितवन निकुञ्ज वरपरका वनक्षेत्रमा मात्रै बाघको आक्रमणवाट १६ जनाको मृत्यु भैसकेको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

