पाेखरामा पार्किङबाटै उठाइयाे ७ वटा मोडिफाई बाइक

पाेखरा | चैत २८, २०८०

पाेखरामा पार्किङबाटै उठाइयाे  ७ वटा मोडिफाई बाइक तस्बिर फाइल

पोखरा:     मोटरसाइकलको स्वरुप परिवर्तन गरेर पार्किङमा राखेका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । 


कास्की प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वरुप परिवर्तन (मोडिफाई) गरि पार्किङमा राखिएका ७ वटा मोटरसाइकल हिजो (बुधवार)  नियन्त्रणमा लिएको हो । 


स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेपनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारवाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको छ । 

 

मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्ने, ध्वनी प्रदुषण गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालय कास्कीले सचेतना कार्यक्रमसँगै स्टिकर टाँस गर्ने कार्यक्रमसमेत गरेको थियो । 


 

यो पनि पढ्नुहोस

 

 

यो पनि पढ्नुहोस

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्