संखुवासभामा छोराले गरे बुवाको हत्या

संखुवासभा | चैत २८, २०८०

संखुवासभामा छोराले गरे बुवाको हत्या

संखुवासभा:  आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राई रहेका छन् ।

 

उनले आफ्नै बुवा ५० वर्षीय युवराज राईको हत्या गरेका थिए ।

 

प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो । सोही क्रममा छोरा सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको थियो । 

 

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्