देशभर मनसुनी वायुको प्रभाव अझै, केही स्थानमा  हल्कादेखि मध्यम वर्षा

काठमाडाैं | असार १८, २०७९

देशभर मनसुनी वायुको प्रभाव अझै, केही स्थानमा  हल्कादेखि मध्यम वर्षा


काठमाडौं :       मनसुनी वायुको प्रभाव हाल देशभर रहेका कारण केही दिन अझै पानी पर्नेछ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। 

 

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

 

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका केही स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले शनिबार प्रकाशित विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्